काठमाडौँ – नेपालले भारतसँग खरिद गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको १० लाख डोज खोप काठमाडौँ आइपुगेको छ । सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको १० लाख डोज खोप आइतबार एयर इण्डियाको विमानफर्मात त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल आइपुगेको हो ।


ADVERTISEMENT


सरकारले भारतसँग २० लाख डोज कोरोना खोप खरिद गर्ने सहमति गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार यो त्यसको पहिलो चरणको खोप हो ।


ADVERTISEMENT

# # #


खोप ल्याएपछि टेकुमा रहेको भण्डारण स्थलमा राखिनेछ । त्यसपछि फागुन २३ देखि कोभिड खोप अभियानअन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयमार्फत वितरण हुनेछ ।

यसअघि भारतले नेपाललाई १० लाख डोज खोप अनुदान सहयोग गरेको थियो ।