विराटनगर – प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । मुख्यमन्त्री राईविरुद्ध प्रदेश १ को प्रदेश सभामा आइतबार अविश्वासको प्रस्ताव पेश भएको हो ।


ADVERTISEMENT


आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन्। नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो।


ADVERTISEMENT

# # #


संविधानको धारा १८८ (४) मा प्रदेश सभामा सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरुमध्ये एक चौथाइ सदस्यले मुख्यमन्त्रीमाथि प्रदेश सभाको विश्वास छैन भनी लिखित रुपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्ने उल्लेख छ ।

मुख्यमन्त्री राईविरुद्ध प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बो प्रस्तावक र लक्ष्मण तिवारी समर्थक भएर दाहाल–नेपाल समूहका ३७ जना प्रदेशसभा सदस्यको संयुक्त हस्ताक्षरसहितको अविश्वासको प्रस्ताव गत पुस १२ गते प्रदेश सभा सचिवालयमा दर्ता भएको थियो । जसमध्ये जस्माया गज्मेर, गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनालीले माघ ५ गते, वसन्तीदेवी यादवले माघ २९ गते र कला घलेले फागुन ३ गते अविश्वासको प्रस्तावमा रहेको आफ्नो हस्ताक्षर फिर्ता लिएको निवेदन दर्ता गराएका थिए ।

मुख्यमन्त्री शेरधन राईले आइतबार सभामुख प्रदीपकुमार भण्डारीलाई बैठक रोक्न दबाब दिएका थिए । तर, सभामुख भण्डारीले मुख्यमन्त्री राईको दबाबलाई अस्वीकार गर्दै बैठकको कार्यसूचि सार्वजनिक गरेसँगै बैठक सुरु भएको हो ।

यद्दपी नेकपा ओली समूहका सांसदहरुले प्रदेशसभा बहिष्कार गरेका छन् । प्रदेश सभा अघि मुख्यमन्त्री राईले मन्त्री र आफू निकट सांसदलाई बोलाएर बैठकमा नजान निर्देशन दिएका थिए ।

अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका छन्।