काठमाडौँ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगशालाहरुलाई विमितहरुको विवरण तोकिएको ढाँचामा पठाउन मन्त्रालयले अनुरोध गरेको छ ।


ADVERTISEMENT


कोरोना बीमा दावी रकमको प्रमाणीकरणका लागि मन्त्रालय प्रतिनिधि टोलिबाट बीमा दाबी गरेका विमितहरुको विवरण मन्त्रालयको अभिलेखकरणमा रहेका संक्रमितको विवरणसंग रुजु गर्ने कार्य भइरहेको जनाउँदै मन्त्रालयले विमितहरुको विवरण तोकिएको ढाँचामा पठाउन अनुरोध गरेको हो।


ADVERTISEMENT

# # #


मंगलबार सूचना जारी गर्दै मन्त्रालयले कोभिड–१९ परीक्षण गर्न अनुमति पाएका प्रयोगशालाहरुले अबको ७ दिनभित्रमा विवरण उपलब्ध गराउनुपर्ने उल्लेख गरेको छ । तोकिएको ढाँचामा विवरण उपलब्ध नभएमा कोरोना बिमाको दावी प्रमाणीकरण अयोग्य रहने र यसबाट विमित व्यक्तिलाई पर्ने कठिनाईप्रति सम्बन्धित प्रयोगशाला नै जिम्मेवार हुनुपर्ने मन्त्रालयको भनाई छ ।

हालसम्म प्राप्त भएको १८००० विवरणमध्ये १५ हजार भन्दा बढी प्रमाणीकरण भैसकेको मन्त्रालयले जनाएको छ ।

यस्तै, कोरोना बिमाको विमितहरुले विभिन्न सँस्थामा अनावश्यक दौडधुप गर्न परेकोमा सरकारको ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले विमामा भैरहेको काम प्रक्रिया बारे स्पष्ट रुपमा जानकारी दिनका लागि सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ।