काठमाडौँ – सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल सुरु गरेका छन् । लामिछानेले मंगलबार एक कार्यक्रममार्फत ‘ग्लोलेक्सी फोरके’ टेलिभिजनको शुभारम्भ गरेका हुन् ।


ADVERTISEMENT


सो टेलिभिजन नेपालमै पहिलो फोरके प्रविधिमा आधारित भएको लामिछानेले जानकारी दिए । सिधा कुरा जनतासँग कार्यक्रम चलाइरहेका लामिछानेले नयाँ यात्राका लागि भन्दै केही पहिले न्यूज२४ टेलिभिजन छाडेका थिए ।


ADVERTISEMENT

# # #


उद्घाटन समारोहमा लामिछानेले टेलिभिजनले आम सर्वसाधारणको हेडलाइन बनाउनुका साथै भरपूर मनोरञ्जन पनि दिने बताए ।

टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा स्वयम् रवि लामिछाने रहेका छन् ।