काठमाडौँ– वाम गठबन्धनको घोषणासँगै नेकपा एमालेको सूर्य चुनाव चिन्ह लिएर निर्वाचन लड्ने घोषणा गरेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले अन्ततः आफ्नै पार्टीको चुनाव चिन्हमा चुनाव लड्ने घोषणा गरेका छन्।


ADVERTISEMENT


पार्टीको संघीय सचिवालय बैठकमा भट्टराईले देब्रे आँखा चुनाव चिन्हबाटै निर्वाचन लड्ने घोषणा गरेका हुन्। सिट बाँडफाँटमा नेकपा माओवादी केन्द्र नेकपा एमालेसँग भट्टराईको नयाँ शक्ति झमेलामा फसेको थियो। भट्टराईले गोर्खा २ बाट चुनाव लड्न चाहेपनि नेकपा माओवादीले असहमति जनाएको थियो।


ADVERTISEMENT

# # #


माओवादीले गोर्खा नछाड्ने बताएपछि भट्टराई बिच्चिएका हुन्। संघीय सचिवालय बैठकमा आफूले जस्तोसुकै परिस्थितिमा पनि गोर्खा २ बाटै चुनाव लड्ने समेत घोषणा गरेका छन्। भट्टराईले एमालेसँग निर्वाचनमा आफ्नो सम्मानजक भूमिकाका लागि आग्रह गरेका थिए। तर समानुपातिकको सूचीमा नाम समावेश गर्नदेखि प्रत्यक्षको सिट बाँडफाँटमा अप्ठेरो रहेको जवाफ एमालेले दिएको थियो। भट्टराईले आफूले गठबन्धन भने नतोडिसकेको बताएका छन्।