काठमाडौँ – नेकपा ओली पक्षका नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ९९.९ प्रतिशत प्रतिनिधि सभा पुनःस्थापना नहुने दावी गरेका छन् ।


ADVERTISEMENT


मंगलबार ओली निकट युवा संघ केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले प्वाइन्ट एक प्रतिशतले प्रतिनिधि सभा पुनःस्थापना भएपनि आकाश भने नखस्ने बताए ।


ADVERTISEMENT

# # #


‘९९.९ प्रतिशत पुनःस्थापना हुँदैन । यदि प्वाइन्ट १ प्रतिशतले पुनःस्थापना नै भएपनि के आकाश खस्छ ? पृथ्वी भासिन्छ ?’, रायमाझीको प्रश्न छ ।
उनले प्रतिनिधि सभा पुनःस्थापना भएपनि माधव–प्रचण्डमात्रै नभइ सांसद टोपबहादुर र महेश बस्नेत पनि सांसद हुने बताए ।

मन्त्री रायमाझीले प्रचण्ड–नेपाल नसच्चिए अब प्रधानमन्त्री नै नबन्ने दाबी गरे । संसद् पुनःस्थापना भए पनि केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने जिकिर गरे । आफूहरुले ओलीलाई फेरि पनि प्रधानमन्त्री बनाउने माहोल बनाउने उनको भनाइ थियो ।