झापा– दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविरमा ५५ वर्षीय सरे राई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । शरणार्थी शिविर सेक्टर डी ४ छाप्रा नं २९ बस्ने तामाङले मादक पदार्थ सेवन गरेर कुटपिट गरी ४९ वर्षीया विष्णुमाया तामाङको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।


ADVERTISEMENT


श्रीमतीको हत्या गरी फरार उनलाई प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई प्रहरीले दमक नगरपालिका २ स्थित एकघरमा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


अभियुक्त तामाङलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । रासस