काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ ।


ADVERTISEMENT


सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै त्यसबारे आगामी रणनीति तय गर्न पार्टीले काठमाडौँमा उपलब्ध आफ्ना स्थायी कमिटी सदस्यहरुलाई बैठकका लागि पार्टी कार्यालय पेरिसडाँडा बोलाएको हो ।


ADVERTISEMENT

# # #


उक्त बैठकलाई पार्टीको आधिकारिक बैठक दाबी गरिएको छ । स्थायी कमिटी बैठकपछि अपरान्ह ४ बजे पार्टीको संसदीय दलको बैठक बस्दैछ ।

विरोधसभालाई सम्बोधन गर्न चितवन गएका सो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै विजयी सभामा परिणत भएको सभालाई सम्बोधन नगरिकनै बुधबार बिहान काठमाडौँ फर्किएका थिए।

उनीहरुले काठमाडौँ आएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्दैछन् ।