काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूका अध्यक्षद्वय अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेपाली कांग्रेसल सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन् ।


ADVERTISEMENT


मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेको थियो । चितवनको विजयी सभालाई सम्बोधन नगरीकनै काठाडौँ फर्किएका प्रचण्ड–नेपाल देउवासँग छलफलका लागि उनको निवास पुगेका हुन् ।


ADVERTISEMENT

# # #


संसद पुनर्स्थापना भएको अवस्थामा आगामी रणनीति के गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ । प्रचण्डले मंगलबार नै राजनीतिक दलहरुसँग सहमति र समझदारी गरेर अगाडि बढ्ने बताएका थिए ।

नेकपाल प्रचण्ड–माधव समूहको आजै स्थायी कमिटी र संसदीय दलको बैठक पनि बोलाइएको छ ।