काठमाडौँ – नेपाली कांग्रेसले सरकार निर्माण र सहकार्यबारे आवश्यक निर्णय संसदीय प्रक्रिया सुरु भएपछि मात्रै लिने भएको छ ।


ADVERTISEMENT


बिहीबार अपरान्ह सभापति शेरबहादुर देउवाको बूढानीलकण्डस्थित निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकपछि बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रक्रिया केही अघि नबढेकाले नेपाली कांग्रेसले गर्ने भूमिका केही नभएको बताए । उनले भने, ‘पहिले प्रक्रिया अघि बढोस्, त्यसपछि हामी हाम्रो पार्टीमा सल्लाह गरेर काम गर्छौँं ।’


ADVERTISEMENT

# # #


सरकार निर्माणको लागि कांग्रेसलाई नेकपा ओली र प्रचण्ड–माधव पक्ष दुबैतिरबाटै प्रस्ताव आइरहेका छन् नि भन्ने जिज्ञासामा नेता पौडेलले अस्वीकार गरे । ‘ती प्रस्तावहरु कहीँ पनि आएका छैनन् । हाम्रो लागि शून्य ।’ उनले भने, ‘अहिले हामी तिनलाई प्रस्ताव मान्दैनौँ । संसदीय प्रक्रियामा आउनु पर्यो नि ।’

उनले प्रधानमन्त्री केपी शर्माओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।