काठमाडौँ– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. ५०० ले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा रु. ८८ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु. ८९ हजार ३०० मा कारोवार भएको थियो ।


ADVERTISEMENT


यस्तै, तेजाबी सुन तोलामा रु. ८८ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन बिहीबार तोलामा रु. ८८ हजार ८५० मा कारोवार भएको थियो ।


ADVERTISEMENT

# # #


यसै गरी चाँदी तोलामा रु. २० ले घटेको छ । रु. एक हजार ३५५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु. एक हजार ३३५ मूल्य निर्धारण भएको छ । रासस