काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था निकै गम्भीर बनेको चिकित्सकले बताएका छन् । नेता जोशीलाई बिहीबार रात्री नै मस्तिष्कघात भएपछि वीर अस्पताल लगिएको थियो । टाउकोमा रगत जमेकाले त्यहाँ उपचार सम्भव नभएपछि शुक्रबार बिहान नर्भिक अस्पताल लगिएको थियो ।


ADVERTISEMENT


भेन्टिलेटरमा रहेका जोशीको अवस्था भेन्टिलेटरमा निकै नै जटिल रहेको उपचारमा संलग्न न्यूरोसर्जन डा. राजीव झाले बताएका छन् । डा. झाका अनुसार नेता जोशीको राती नै सुरुमा बायाँ हात र खुट्टा बाउँडिएको जस्तो भएको थियो । उपचारका लागि वीर अस्पताल पुगुञ्जेल उनी बोलिरहे पनि त्यसपश्चात बेहोस भएका थिए ।


ADVERTISEMENT

# # #


‘सिटी स्क्यान गर्दाे उहाँको टाउकोमा रगत जमेको देखिएछ । त्यहाँका डाक्टरले तुरुन्त नर्भिकमा पठाउनुभएछ ।’ डा. झाले भने, ‘वीर अस्पतालबाट नर्भिकमा ल्याउँदासम्म उहाँ कोमामा हुनुहुन्थ्यो । सास फेर्न गाह्रो भएको थियो र बान्ता फोक्सोमा पुगिसकेको थियो ।’

सास फेर्न सहज होस् भनेर पाइप राख्नुका साथै फोक्सोमा पुगेको वान्तालाई निकालिएको छ । डा. झा भन्छन्, ‘हेर्दै जाँदा उहाँको एउटा आँखाको नानी फुलेको देखियो । दुबै आँखाको नानी फुल्ने चाहिँ मृत्यु भएको अवस्थामा मात्र हुन्छ । एकातिर त्यस्तो देखिनु भनेको आधा दिमागले काम नगरेको देखियो ।’

सिटी स्क्यान गर्दा गिमागको बीच भागमा हुने पोखरी जस्तो ठाउँमा जहाँ पानीहरु बन्छ । त्यो रगतले पानी निस्किने बाटो बन्द गरकाले टाउकोमा पानी पनि जम्दै गइरहेको देखिएको डा. झाले बताए । नेता जोशी सुगर, प्रेसरबाट पीडित जोशीले रगत पातलो बनाउने औषधि खाइरहेका थिए ।

त्यस्तो औषधि खाइरहेका मान्छेलाई शल्यक्रिया गर्दा धेरै रक्तश्राव हुने भएकाले विशेष रगतको व्यवस्था गरेर सामान्य शल्यक्रिया गरिएको थियो । डा. झाले भने, ‘ड्रिल गरेर एउटा ड्रेन राखिदिएका छौँ । त्यहाँबाट बढीको पानी बाहिर निकाल्न सकिन्छ ।’ अहिले त्यहाँबाट १२० मिलिलिटरभन्दा बढी पानी निस्किसकेको छ । यसले टाउकोको प्रेसर हटाउनमा मदत गरेको छ ।

डा. झाका अनुसार यस्तो अवस्थाका एकदमै गम्भीर हो । उनले भने, विश्वमै हेर्दा यस्तो अवस्थाका १०० जना बिरामीहरुमध्ये ६०–७० जनाको मृत्यु नै हुन्छ । तर, उहाँलाई बचाउनतिर हाम्रो व्यवस्थापन लागेको छ ।’ बाँचेका ३० प्रतिशतमा पनि ठूलो किसिमको प्यारालाइसिस देखिने सम्भावन हुने उनले बताए ।

नेता जोशीको अवस्था स्थिर नभए पनि बाच्ने थोरै आशा लिएर आफ्नो टिमले उपचार गरिरहेको डा. झाले जानकारी दिए । डा. झाका अनुसार जोशीलाई जस्तो मष्तिस्कघातको समस्या नेपालमा निकै सामान्य बन्दै गइरहेको र यस्तो समस्या उच्च रक्तचाप भएर पनि सही औषधि नखाँदा, औषधि नियमित खान नमान्दा आउने गर्छ ।