काठमाडौँ – भारत सरकारले धादिङ र सिन्धुपाल्चोकका २५ वटा स्वास्थ्यचौकीको पुनर्निर्माणका ५३ करोड नेपाली रुपैयाँ सहयोग गरेको छ ।


ADVERTISEMENT


भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण विभागका प्रमुख तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले चारवटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका धादिङका १२ वटा र सिन्धुपाल्चोकका १३ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण गरिनेछ ।


ADVERTISEMENT

# # #



सोही अवसरमा सफल बोलपत्रदातालाई कार्य हस्तान्तरण गर्न हेतु ठेकेदार र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का बीच चारवटा ठेक्का सम्झौतामा पनि हस्ताक्षर सम्पन्न भएको छ । यी स्वास्थ्य चौकीको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ ।

नेपालका १० जिल्लाका स्वास्थ्य क्षेत्रमा पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । सोही प्रतिवद्धता अनुरुप १४७ वटा स्वास्थ्य परियोजना मध्ये यी २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत हुन लागेको हो ।

बाँकी परियोजनाहरु बोलपत्र आव्हान प्रक्रियाको सुरुवाती चरणमा रहेको छ । यी स्वास्थ्य संरचनामा ओपिडी, डिस्पेन्सरी, औषधी भण्डारण कक्ष, एन्टी÷पोस्ट नेटल रुम, स्वास्थ्यकर्मीका लागि शयन कक्ष, भान्साघर, अपाङ्गमैत्री सरसफाई संरचना रहनेछन् ।

स्वास्थ्य क्षेत्रमा पूर्वाधार संरचना सुदृढीकरण गर्नका लागि भारत सरकार नेपाल सरकारसँग मिलेर काम गरिरहेको छ । सन् २००३ देखि हालसम्म भारत सरकारद्वारा आर्थिक सहयोग पुनयाइएका साना विकास परियोजना योजना अन्तर्गतका ४० वटा भन्दा बढी स्वास्थ्य शिविररस्वास्थ्य चौकी निर्माण सम्पन्न भइसकेका छन् । सन् १९९४ देखि भारत सरकारले विविध सरकारी, गैर—सरकारीरगैर नाफामूलक संस्थालाई ८२३ भन्दा बढी एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।