काठमाडौं – ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २३ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले एक सय रुपैयाँका दरले ६६ करोड बराबरको ६६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो।


ADVERTISEMENT


तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ। बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्। आईपीओका लागि फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ।


ADVERTISEMENT

# # #


आईपीओ निष्कासनका लागि एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको छ। आईपीओ बिक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड रुपैयाँ पुग्‍नेछ। रासस