काठमाडौँ – वन तथा वातावरण मन्त्री प्रेम आलेले आफूलाई १ अर्ब रुपैँया दिएर प्रलोभनमा पार्न खोजिएको खुलासा गरेका छन् ।


ADVERTISEMENT


मंगलबार सामुदायिक वन उपभोक्ता महासंघको आठौं राष्ट्रिय परिषदममा मन्त्री आलेले आफूलाई आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्न आर्थिक प्रलोभन आएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


पद बहाली गरेको दिनदेखि नै आफूलाई मन्त्रालयका केही ‘बद्मास’ कर्मचारी र कार्यव्यवसायीहरुले भेट्ने प्रयास गरेको र प्रलोभनमा पार्न खोजिएको उनले बताए । यद्दपी आफूले तिनीहरुलाई भेट्दै नभेनेको बताए । ‘पछि हामी एक अर्ब पैसा उठाएर दिन्छौँ भन्नेसम्मको कुरा पनि आयो ।’ उनले भने, ‘अनि मैँले भनेँ, एक अर्ब पैसा समातेर आफ्नो मुखमा कालो मोसो आफै दल्ने मैँले ? हुँदैन भनेर इन्कार गरेँ ।’

उनले वन मन्त्रालयका कर्मचारी र आफूृबीच कुन मतभेद नभएको र कर्मचारीले आफूलाई पूरा साथ र सहयोग गरिरहेको उनले बताए ।

आफू प्रतिनिधिसभाको लेखा समितिमा रहँदा उपसमितिमा बसेर वैज्ञानिक वन कार्यक्रमबारे अध्ययन गर्दा पनि जिल्ला वन अधिकृत, क्षेत्रीय निर्देशक, काठ व्यवसायी कर्मचारीलगायतले प्रलोभन देखाएको उनले बताए ।