काठमाडौँ– नेपाल विद्यार्थी संगठनको केन्द्रिय कार्य समितिले आफ्ना देशभरका नेता कार्यकर्तालाई राष्ट्रिय रणनीतिक प्रशिक्षण दिने भएको छ । संगठनले यही असोज ३१२ र कार्तिक १ गते गाउँ ‘जाऔँ, नगर जाऔँ, जनता जगाऔँ, कांग्रेस जिताऔँ’ भन्ने नाराका साथ प्रशिक्षण दिन लागेको हो ।


ADVERTISEMENT


आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका उम्मेद्वारलाई जिताउनका लागि देशभर यस्ता प्रशिक्षण दिन लागिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए । नेविसंघ केन्द्रिय कार्य समितिहरु, क्षेत्रीय सभापतिहरु, जिल्ला अध्यक्षहरु तथा स्ववियु सभापतिको उपस्थिति रहने उक्त प्रशिक्षण प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवाले गर्नेछन् ।


ADVERTISEMENT

# # #


कांग्रेसका केन्द्रिय सदस्य प्रदीप गिरि, महेश आचार्य लगायतका प्रभावशाली नेताहरुले प्रशिक्षण दिने नेविसंघले जनाएको छ । प्रशिक्षणमा पछिल्लो पटक भएको बाम गठबन्धनले पार्न सक्ने प्रभाव र राजनीतिक धु्रविकरणका बारेमा प्रशिक्षण र छलफल हुने बुझिएको छ ।

प्रशिक्षणका लागि देशभरबाट विद्यार्थी नेता तथा कार्यकर्ता आउनेक्रम जारी रहेको र आवश्यक तयारी पूरा भइसकेको नेविसंघ केन्द्रिय कार्यालयका मुख्य सचिव डिल्लीराज हमालले जानकारी दिए ।