नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ)का अध्यक्ष नैनसिंह महरसंग गरिएको कुराकानी :


ADVERTISEMENT


समसामयिक राजनीतिक घटनाक्रमका बारेमा बताइदिनुस् न । के कसरी अगाडी बढिरहेको छ ?


ADVERTISEMENT

# # #


राजनीतिक वातावरणले अलिकती घुमाउरो मोड लिएको जस्तो देखिन्छ । ठ्याक्कै यसो नै होला भन्न नसकिएतापनि अनुमान लगाउने प्रयाप्त आधारहरु, हिजोका नजिरहरुलाई हेर्दाखेरी जसरी जनताको स्वतन्त्रता र यो देशमा प्रजातन्त्र स्थापनाका लागि राणाको विरुद्ध भएका आन्दोलनत देखि ४६ सालको परिवर्तन ६२/६३ को जनआन्दोलन हुँदै अहिलेसम्म नेपाली कांग्रेसले नेतृत्व गर्दै आएको छ । स्थापित गणतन्त्र र पछिल्लो संविधानसभा मार्फत बनेको संविधानको कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन सम्पन्न गरेर बाँकी २ वटा निर्वाचन मिति पनि तोकिसकिएको छ । संविधान बनाउँदै गर्दा यसबाट जनताको समृद्धि हुनेछ र समृद्धि लोकतन्त्रबाट मात्रै सम्भव छ भन्ने कुरा गथ्र्यौँ । राजतन्त्र हटाएर गणतन्त्र स्थापनाका लागि हामी जुन किसिमले एक साथ भएका थियौँ ८/१० दिन अगाडी देखि त्यो पाटो फेरिएको छ ।

नेपालमा राजनीतिक ध्रुविकरण यती छिटै आवश्यक थिएन । बाम पन्थीहरुको ध्रुविकरण एकातिर बढेको छ भने प्रजातान्त्रिक शक्तिहरुको ध्रुविकरणको सम्भावना पनि बढेको छ । तसर्थ विशेष गरी नेकपा एमाले पार्टी कम्यनिष्ट विचारमा विश्वासमा राख्छ तर नेपालको सन्दर्भमा लोकतात्रिक बन्दै गएको थियो । अर्को हत्या र हिंसाबाट, बन्दुकको नालबाट सत्ता परिवर्तन् हुन्छ भन्ने सोच राखेको माओवादी पछि नेपाली जनताको दबाबमा हत्याहिंसा छोडेर लोकतान्त्रिक परिपाटीमा आएको देखिन्थ्यो । तर जुन प्रकारको पछिल्लो एमाले माआवादी र नयाँशक्तिीबीच गठबन्धन भयो ।

 

त्यसबाट मात्रै मानिसमा शंका उब्जेको होइन त्यसक्रममा नेताले अब साम्यवाद उन्मुख देश बन्दैछ भनेर जुन किसिमले भाषण गरे त्यसले शंका पैदा गरेको हो । भोलीको निर्वाचनमा साम्यवादमा विश्वास राख्नेको बहुमत आएमा संविधानलाई कुल्चेर आफुखुसी कम्युनिष्ट शासन सञ्चाल

न गर्न खोजेमा फेरि मुलूकमा हत्या हिंसा सुरु हुने हो कि, देशमा तानाशाह शासन लागू भए हामीले फेरि लोकतन्त्रका लागि लड्नुपर्ने होकि भनेर शंका उत्पन्न भएको छ ।

किनकी हामीलाई हिजोका केही घटनाक्रमले झस्काएको छ । समृद्ध नेपाल बनाउने सपना पूरा नहुने होकि भन्ने चिन्ता स्वभाविक रुपले बढेको छ । त्यस कारण हामीहरु पनि यसका विषयमा समिक्षा, नयाँ रणनीतिका साथ अगाडी बढ्दै छौँ ।

एकातिर कम्यनिस्ट पार्टीको बाम गठबन्धनको कुरा उठिरहेको छ भने अर्को तिर लोकतान्त्रिक शक्तिको एकिकरणको पनि गाइँगुइँ सुरु भएको छ । यो बीचमा लोकतन्त्र, प्रजातन्त्र र समृद्धिलाई संस्थागत गर्नका लागि नेपाली कांग्रेस अब कुन रुपमा अगाडी बढ्छ ?

 प्रजातन्त्रमा सबैभन्दा ठूलो न्यायालय भनेको नै जनता हो । त्यस कारण जनताका सामू जानुको विकल्प छैन । जनतालाई सत्यतथ्य कुराहरु, विश्वको कम्युनिष्ट इतिहास, कम्युनिष्टले करिब १ करोडको हाराहारीमा जनता मारेको घटनाक्रम र अहिले चलिरहेका उत्तर कोरिया, भियतनाम, क्यबाजस्ता ५/६ वटा निरंकुश शासन सञ्चालन भइरहेका देशहरुमा जस्तै जनतामाथि गर्न खोजेको प्रहार, स्वतन्त्रताबिना जनताले बाँच्नु पर्ने दयनीय अवस्थामा पुर्याउने, देशलाई लाकतान्त्रिक पद्धतिबिहीन बनाउने जुन किसिमको कम्युनिष्ट अभ्यास थियो । त्यसका सत्य

तथ्य प्रमाणहरु लगेर हामी जनता कहाँ जान्छौँ । भोलिका दिनमा यसलाई निम्तिन नदिनका लागि पनि लाकतन्त्रवादीको विजय जरुरी छ । सबैका लागि उपयुक्त हुने एउटा सामाजिक प्रणाली हामी बनाउन खोजिरहेका छौँ । लोक कल्याणकारी राज्यको स्थापना गर्ने अभियानमा नेपाली कांग्रेस रहेको छ ।

त्यस कारण यिनै विषयहरु हामी जनताका सामू लैजान्छौँ । हामीले ४६ सालको परिवर्तन पछि मात्रै होइन कि २ प्रतिशतको हाराहारीमा रहेको राणाकालको शिक्षा विश्व विद्यालय हुँदै यहाँसम्म पुर्याएका छौँ । २००७ सालपछि थपिएका विकासका आयामहरुलाई नेपाली जनताका सामू पुर्याउने काम हुन्छ । भूलवश भएका गल्तीहरुलाई सच्याउने कुरामा पनि हामी जनतालाई आश्वस्त पार्छौँ । मलाई लाग्छ अन्तत्वगत्वा नेपाली कांग्रेसको विजय यात्रालाई रोक्न सक्ने ताकत नेपालमा अर्को कुनै पार्टीमा छैन ।

नेविसंघले यो बीचमा के कस्ता कार्यक्रमहरु गर्दैछ ?

नेपाल विद्यार्थी संगठनले हरेक वुथमा ५० युथको प्रयोग गरेर जनतालाई निर्भीकताका साथ मतदान केन्द्रमा जाने र त्यसभन्दा अगाडी मतदाता शिक्षा प्रदान गराउँदै कांग्रेसलाई भोट हाल्नुपर्ने कारणबारे मतदातालाई सूचित गराउने काम हुन्छ । हाम्रो असोज ३१ गते राष्ट्रिय राणनीतिक प्रशिक्षण कार्यक्रम हुँदैछ । जसमा करिब एक हजारको हाराहारिमा हाम्रा साथीहरु, देशभरबाट केन्द्रिय समितिका साथीहरु, निवर्तमान केन्द्रिय समिति, जिल्ला अध्यक्षहरु, क्षेत्रीय सभापतिहरु, स्ववियु अध्यक्षहरु लगायतको ठूलो उपस्थितिले काठमाडौँमा हामी प्रशिक्षण गर्दैछौँ । हामी युवाहरुको समृद्धि भोलिको देशको आशाको केन्द्रबिन्दू भएका कारणले नेपाललाई सधैँ जिर्ण होइन समृद्ध बनाउनका लागि सम्पूर्ण जनताको साथ नेपाली कांग्रेसलाई हुनुपर्छ र हुन्छ भन्ने कुरामा हामी प्रशिक्षणमा प्रपिशक्षण गराउँछौँ । प्रशिक्षण पश्चात उनीहरु जनताका स्वक बनेर आफ्नो गाउँ र क्षेत्रमा जान्छन् । हामीले साच्चिकै देखेको लोकतन्त्र र संस्कारयुक्त देश बनाउनका लागि नोपाली कांग्रेसले सोचे अनुसार पूरा हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।

प्रशिक्षणका लागि कसलाई बोलाउँदै हुनुहुन्छ ?

हाम्रो केही विज्ञहरु छन् । केहीलाई बोलाउँछौँ । त्यसका लागि छलफल भइरहेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप गिरि, महेश आचार्य लगायत अन्य पार्टीका थुप्रै व्यक्तित्वहरुलाई हामीले अनुरोध गरेका छौँ ।

प्रदेश र संसदको निर्वाचनमा कांग्रेस जित भए पछाडी देशको विकास र समृद्धि पनि सुनिश्चित हुन्छ भनेर आम जनतालाई नेविसंघका तर्फबाट कसरी विश्वस्त तुल्याउनुहुन्छ ?

मैले अघि पनि कुराम गरेँ । जनताका सामू हामीले नेपाली कांग्रेसको नेतृत्वमा भएका सबकै परिवर्तन छर्लङ्गै छन् । त्यस कारण हामीले थुप्रै परिवर्तन गरिसकेपछि पनि फेरि एक पटक अझ कम्यनिष्ट पार्टीको एकिकरणले देशमा सर्वसत्तावादी कम्यनिस्ट व्यवस्था लागू हुने हो कि भने जनता सशंकित भएको अवस्था छ । जनताको जिउ धनको सुरक्षा गर्ने सरकार छ भने जनताको स्वतन्त्रताका पक्षमा लड्नका लागि नेपाली कांग्रेस र नेविसंघ छ । जनताको स्वतन्त्रता कसैले हनन् गर्ने कसैले प्रयास गर्यो भने हामी त्यसको सशक्त प्रतिरोध मा उत्रिन्छौँ । हामी त्यसको खिलापमा जान्छौँ । जनता साँच्चिकै बलियो बन्ने बेला आएकोछ । त्यो लोकतन्त्रमा मात्रै सम्भव छ ।

अन्त्यमा, आउँदै गरेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा तपाईको भूमिका कस्तो रहन्छ ? कुन रुपमा अगाडी बढ्दै हुनुहुन्छ ?
नेपाली कांग्रेसको चुनाव चिन्ह रुखलाई विजय गराउनका लागि पार्टीले जुन जिम्मेवारी दियो त्यो बोक्न तयार छु । प्रदेशको नेतृत्व गर्ने किसिमको जिम्मेवारी प्राप्त भयो भने प्रादेशिक जिम्मेवारी लिन तयार छु । संघीय संसदका लागि जिम्मेवारी आयो भने पनि त्यो पनि ग्रहण गर्न तयार छु ।