काठमाडौँ – मार्च ८ अर्थात् अन्तरराष्ट्रिय महिला दिवस, आज विश्वभरी विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । ‘चुनौती दिने रोजाइ लेऊ’ नारासहित विश्वभर आज महिला दिवस मनाइँदैछ ।


ADVERTISEMENT


नेपालमा पनि विभिन्न कार्यक्रम गरी महिला दिवस मनाइँदै गरेकोमा यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ नारा राखिएको छ ।


ADVERTISEMENT

# # #


सन् १९११ मार्च ८ मा क्लारा जेट्किनले महिला कामदारमाथि भएको शोषणको विरोध गरी आवाज उठाएको दिनको स्मरण गरी आजकै दिन हरेक वर्ष महिला दिवस मनाइने गरिएको छ ।

सन् १९०६ मा जेट्किनसहित केही महिलाहरुको सम्मलेनले एउटा संस्था बनायो, जसको महासचिवमा जेट्किन रहिन् । त्यसै संस्थामार्फत सन् १९०८ मार्च ८ कै दिन उक्त समूहले अमरेकामा महिला अधिकारको मागसहित विशाल प्रदर्शन गरियो । सोही दिनको स्मरणमा सन् १९१० यता महिला दिवस मनाइयो ।

त्यसयता संसारभरिका विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धिलाई स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइने गरेको छन् ।