काठमाडौं – पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मष्तिष्कघात भई उपचाररत् नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका छन्


ADVERTISEMENT


जोशीको स्वास्थ्य अवस्था स्थिर, तर जोखिमपूर्ण रहेको र पछिल्ला केही दिनदेखि अवस्था थप बिग्रिएको खबर आइरहेको बेला पूर्व प्रधानमन्त्री देउवाले थापाथलीस्थित नर्भिक अस्पतालमा गएर जोशीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका हुन् ।


ADVERTISEMENT

# # #


फागुन १४ गते मष्तिष्कघात भई कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनी अझै कोमामै छन् । देउवाले जोशीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग पछिल्लो अवस्था र उपचारको विषयमा जानकारी लिएका थिए । उनले अस्पतालमै रहेका जोशीकी पत्नी र परिवारजनलाई सान्त्वना समेत दिए ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जोशी अझै कोमामै रहेको, भेन्टिलेटरको सपोर्टमा रहेको विषय जानकारी गराएका थिए । सो क्रममा देउवाले नर्भिक अस्पतालको उपचार पद्धतिको विषयमा समेत खुलेरै प्रशंसा गरे ।

उनले जोशीको उपचारमा नर्भिकले अपनाएका उपायहरुको प्रशंसा गर्दै अस्पताललाई धन्यवाद समेत ज्ञापन गरे । ‘देशमै यो लेभलको उपचार हुनु खुशीको कुरा हो।’ संक्षिप्त प्रतिक्रिया दिंदै देउवाले भने ।