काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघले आगामी १० वर्षसम्ममा अर्थात् सन् २०३० भित्र नेपालको अर्थतन्त्र १०० खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य सार्वजनिक गरेको छ । महासंघको नयाँ निर्वाचित कार्यकारिणी समितिको १०० दिन पुगेको अवसरमा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष शेखर गोल्छाले यस्तो लक्ष्य राखिएको बताएका हुन् र


ADVERTISEMENT


महासंघले ‘राष्ट्रिय आर्थिक रुपान्तरणको मार्गचित्र २०३०’ नाम भिजन पेपर मार्फत यस्तो लक्ष्य लिएको हो । १०० दिनमा भिजन पेपर बनाएको बताउँदै उनले महासंघबाट आगामी साताभित्र उक्त भिजन पेपर अनुमोदन गर्ने तयारी रहेको बताए । यसका लागि लगानी वृद्धि, उद्योग विस्तार र निर्यात वृद्धि गर्ने लक्ष्य महासंघको छ ।


ADVERTISEMENT

# # #


यसका अलावा यो अवधिमा २२ लाख नयाँ रोजगारी सिर्जना गरिने भनाइ उनको थियो । उद्योग क्षेत्रमा हाल ७० लाख रोजगारी रहेको छ ।