काठमाडौँ – कुमारी ईक्वीटी फण्डमा लगानीका लागि माग गरेभन्दा बढी आवेदन परेको छ । प्रति इकाई मूल्य १० रुपैयाँ अंकित दरको आठ करोड इकाईहरुका लागि ३५ प्रतिशतभन्दा बढी लगानीको आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT


कम्पनीले फागुन १४ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरी फागुन २५ गते निष्काशन तथा बिक्री बन्द गरिएको थियो । कम्पनीले लगानीकर्ताहरुले देखाएको भएको विश्वसनियतालाई आगामी दिनहरुमा कायम राख्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ ।


ADVERTISEMENT

# # #


यस्तै कम्पनीले निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नियमनकारी निकायहरु, लगानीकर्ता आवेदकहरु, सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुलाई समेत धन्यवाद दिएएको छ ।