काठमाडौँ – नेकपा एमालेले सातवटै प्रदेशमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव हेरफेर गरेको छ ।


ADVERTISEMENT


बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय बैठकले पूर्व माओवादी केन्द्रबाट आएका नेताहरुलाई समेट्दै केन्द्रीय सदस्य, प्रदेश कमिटी हेरफेर गरेको हो ।


ADVERTISEMENT

# # #


जसअनुसार एमाले प्रदेश न. १ को प्रदेश इन्चार्जमा सुवासचन्द्र नेम्वाङ चयन भएका छन् । माधव कुमार नेपाल निकट भीम आचार्यलाई हटाउँदै ओलीले नेम्वाङलाई जिम्मेवारी सुम्पिएका हुन् । यस्तै वाग्मती प्रदेशको इन्चार्जमा माओवादी केन्द्रबाट आएका रामबहादुर थापा ‘बादल’ चयन भएका छन् ।

गृहमन्त्री समेत रहेका बादलले नेपाल निकट अष्टलक्ष्मी शाक्यलाई प्रतिस्थापन गरेका हुन् । यस्तै हेरफेर हुने अर्को प्रदेशमा सुदूरपश्चिम रहेको छ । सुदूरपश्चिम प्रदेशको इन्चार्जमा माओवादी केन्द्रबाट आएका लेखराज भट्ट चयन भएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका भट्टले नेपाल निकट भीम रावललाई प्रतिस्थापन गरेका हुन् ।

हेरफेरपछि यस्तो बन्यो एमाले प्रदेश कमिटी:

प्रदेश १
इन्चार्ज : सुवासचन्द्र नेम्वाङ
अध्यक्ष : देवराज घिमिरे
सचिव : विनोद ढकाल

प्रदेश २
इन्चार्ज : सत्यनारायण मण्डल
अध्यक्ष : प्रभु साह,
सचिव : सुमन प्याकुरेल

बाग्मती
इन्चार्ज : रामबहादुर थापा बादल
अध्यक्ष : आनन्द पोखरेल
सचिव : खेम लोहनी

गण्डकी
इन्चार्ज : पृथ्वीसुब्बा गुरुङ
अध्यक्ष : जगत विश्वकर्मा
सचिव : गोविन्द नेपाली

लुम्बिनी
इन्चार्ज : शंकर पोखरेल
अध्यक्ष : लीला गिरी
सचिव : खेममान खड्का

कर्णाली
इन्चार्ज : यमलाल कँडेल
अध्यक्ष : गुलाबजंग शाह
सचिव : धर्मराज रेग्मी

सुदूरपश्चिम
इन्चार्ज : लेखराज भट्ट
अध्यक्ष : कर्ण थापा
सचिव : राजेन्द्र सिंह रावल