एजेन्सी – यतिबेला भारतीय चलचित्र उद्योगमा व्यग्र प्रतीक्षारत फिल्म हो ‘सूर्यवंशी’ । भारतीय ५० करोड बढी लागतमा निर्माण भएको फिल्ममा मुख्य भूमिकामा अक्षय कुमार छन्, जसकारण पनि यसको चर्चा चुलिएको हो ।


ADVERTISEMENT


निर्माणकर्ताले अप्रिल २ मा ‘सूर्यवंशी’ भारतीय हलमा लगाउने तयारी गरेका थिए । लामो समय धरासयी नेपाली हल सञ्चालकले पनि चैत २७ गतेदेखि यो फिल्म नेपालमा रिलिज गरेर दर्शक तान्ने सोचेका थिए । यद्यपि, भारतका विभिन्न क्षेत्रमा कोरोनाको संक्रमण बढ्न थालेपछि निर्माणकर्ताले फिल्मको प्रदर्शनी मिति स्थगन गरेका छन् ।


ADVERTISEMENT

# # #


ठूलो बजेटमा निर्माण भएको उक्त फिल्मका लागि हलसम्म दर्शक तान्न नसकिने आँकलन गरी प्रदर्शन स्थगन गरिएको हो । निर्माणकर्ताले कोरोनाको संक्रमण घटेपछि नयाँ मिति सार्वजनिक तयारी गरेका छन् ।

रोहित सेट्टीको निर्देशनमा बनेको यो चलचित्रमा अक्षय कुमार र कट्रिना कैफ मुख्य भूमिकामा छन् ।