काठमाडौँ – माओवादी केन्द्रका तर्फबाट केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीलाई पार्टीले फिर्ता बोलाएको छ ।


ADVERTISEMENT


शनिवार बिहाना पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइँमन्त्री प्रभु शाह, उद्योगमन्त्री लेखराज भट्ट, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरीलाई फिर्ता आउन निर्देशन दिएको हो ।
केन्द्रले सबै मन्त्रीसँग स्पष्टिकरण पनि मागेको छ ।


ADVERTISEMENT

# # #


यद्यपि, शुक्रवार बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले बादलसहितका २३ जनालाई एमालेको केन्द्रिय सदस्यमा मनोनयन गरिसकेको छ । सरकारलाई साथ दिइरहेका माओवादी नेताहरुले ओलीसँगै रहने बताइरहेका छन् ।