काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनता बहकाएर सत्ता टिकाउने काम मात्र गरेको आरोप लगाएका छन् । नेपाली काँग्रेस केन्द्रिय महिला विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले ओली सरकारले प्रजातन्त्रको हत्या गरेर एकदलीय सर्वसत्तावाद लाद्न खोजेको बताए ।


ADVERTISEMENT


उनले सरकारविरुद्ध नेपाली काँग्रेसले लड्ने बताए । उनले भने, ‘कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउन उनीहरुविरुद्ध लड्नुपर्ने बेला आएको छ ।’


ADVERTISEMENT

# # #


कम्युनिष्ट प्रजातन्त्रवादी पार्टी नभएको उनको भनाइ थियो । ‘प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो अहिले । कम्युनिष्टहरु एकदलीय सर्वसत्तावाद लागू गर्न चाहन्छन्,’ उनले भने, ‘भूठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरुलाई बहकाएर आफू सत्तामा बसिरहने कुरा हो ओली सरकारको ।’

काँग्रेसले लोभ र हतार नगरी प्रजातन्त्र जोगाउन उचित कदम चाल्ने बताउँदै उनले आफू सरकारको जिम्मेवारी लिन तयार रहेको बताए ।