विराटनगर – विराटनगर नोबेल मेडिकल कलेज रुटमा कुद्ने अटो रिक्सामा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ । नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क एनसीसी बैङ्कले अटो रिक्सा प्रयोग गर्ने यात्रुलाई अनलाइनबाटै भुक्तानी गर्ने सुविधाको शुरुवात गरेपछि अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको हो ।


ADVERTISEMENT


बैङ्कले शुक्रबारबाट मोरङ जिल्लाको बिराटनगर महानगरपालिका स्थित विराटनगर नोबेल मेडिकल कलेज रुटमा चल्ने अटो रिक्सा चढ्ने यात्रुलाई अनलाइनबाटै भुक्तानी गर्न मिल्ने सुविधा उपलब्ध गराएको हो ।


ADVERTISEMENT

# # #


शुक्रबार राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अटो रिक्सा चालकलाई क्यूआर कोड हस्तान्तरण गर्नुहुँदै अनलाइन भुक्तानीको सेवा सुभारम्भ गरे । बिराटनगर मेडिकल कलेज रुटमा चल्ने के एन अटो यातायात प्रालिमा आबद्ध अटो रिक्सामा क्युआर कोडमार्फत भुक्तानी हुनेछ ।

व्यवसायमा नगद रहित कारोबार गर्दा छिटो छरितो र सुलभ ढंगमा कारोबार हुने हुँदा यसले आम व्यवसायी र सेवाग्राही वर्गमा लाभ पुग्ने विश्वासले यो सेवा शुरु गरिएको बैंकले जनाएको छ ।

शुक्रबार राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड हस्तान्तरण गरेका हुन् । केएन अटो यातायात प्रालिमा आबद्ध अटोमा क्युआर कोडमार्फत भुक्तानी हुने कम्पनीले जनाएको छ ।

नगदरहित कारोबार सुरु भएको बताउँदै गभर्नर अधिकारीले नोट कम चलाएर डिजिटल कारोबार गर्न आग्रह गरे ।