इलाम– अदालती फैसलाबिना नै ४० वर्ष भारतीय कारागार जीवन बिताएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) ले अन्नतः आफ्ना आमा भेटेका छन् ।


ADVERTISEMENT


अभियोग प्रमाणित नै नभई ४० वर्षसम्म जेल जिवन बिताएका दुर्गाप्रसादले आइतबार माइ नगरपालिका वडा नम्बर १० लुम्बाकस्थित आफ्नो आमालाई भेटेका हुन् ।


ADVERTISEMENT

# # #


त्यत्तिका वर्षपछि आफ्नो छोरा जेलबाट रिहा भएको खुशीसंगै छोरालाई आफ्नै आँखा अगाडि देख्न पाउँदा भेट्न पाउँदा ८६ वर्षकी आमा धनमाया तिम्सिना अत्यन्त खुशी देखिन्थिन् ।

आफूले छोरा आउँछ भनेर बाटो हेरिराखेको भन्दै उनले भनिन्, ‘आउँछ भनेर बाटो हेरिरहेको थिएँ, बल्ल आयो, खुसी लाग्यो ।’

कलकत्तास्थित दमदम जेलबाट शनिबार रिहा भएका तिम्सिना बसबाट आइतबार बिहान काँकडभिट्टा आइपुगेका थिए। उनी आज अपरान्ह इलामस्थित घर पुगेका हुन्।

अदालतको आदेशपछि शनिबार दुर्गाप्रसाद तिम्सिना कोलकातास्थित दमदम जेलबाट मुक्त गरिएका थिए । दुर्गा प्रसादलाई लिन उनका भाइ प्रकाशचन्द्र, कोलकातास्थित नेपाली वाणिज्य दूतावासका सचिव सतिश थापालगायतको टोली कोलकाता पुगेका थिए ।