काठमाडौँ – केही दिन उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अंकले घटेको छ ।


ADVERTISEMENT


नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २१.२९ बिन्दुले घटेर २ हजार ५ सय ४८.९६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५.६४ बिन्दुले घटेर ४५०.३१ मा पुगेको छ । दिनको सुरुवातमा बढेको नेप्से अन्त्यमा भने घटेको हो ।


ADVERTISEMENT

# # #


कूल २०८ कम्पनीको ७४ हजार ६५८ वटा कारोबारबाट १ करोड २५ लाख ४८ हजार १४६ कित्ता शेयर रु ६ अर्ब ५० करोड ८ लाख ६ हजार ४० मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये १० वटा उपसमूहको शेयर ओरालो लाग्दा ट्रेडिङ, होटेल तथा पर्यटन र लगानीको शेयर भने उकालो लागेको छ । जसअनुसार ट्रेडिङ १७४.८८, होटेल तथा पर्यटन १५४.७ र लगानीको शेयर १.१९ बिन्दुले बढ्दा बैंकिङ १९.६७, विकास बैंक १९.९२, वित्त २.८८, उत्पादन ४९.६३, अन्य ३७.२२ र जीवन बीमा १६९.८ बिन्दुले घटेको छ । यस्तै, जलविद्युत् ४४.२९, निर्जीवन बीमा ५४।१५, लघुवित्त ४७.५४, सामूहिक लगानी कोष ०.१ ले ओरालो लागेको छ ।

आज चन्द्रगिरि हिल्सका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत कमाएका छन् । चन्द्रागिरि हिल्सको शेयर प्रतिकित्ता १८९ अंकले बढेर २ हजार ७९ पुगेको छ । यस्तै कारोबार गर्ने कम्पनीमा नेपाल इन्फ्रास्टक्चर बैँक (निफ्रा) उच्च स्थानमा रहेकोे छ । कम्पनीको १४ लाख ६२ हजार ३६० कित्ता शेयर किनबेचबाट ८९ करोड ५० लाख ३८ हजार बढीको कारोबार भएको छ ।

आज निफ्राको प्रतिशेयरमूल्य पनि ४.६५ प्रतिशतले बढेर ६०८ पुगेको छ ।

कमाउने १० कम्पनी

चन्द्रागिरि हिल्सका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । यस्तै सर्पोट माइक्रो फाइनान्स ९.९७, वोमी माइक्रो फाइनान्स वित्तीय ९.९४, सिद्धार्थ इन्स्योरेन्स ७.८२, माउन्टेट हाइड्रो नेपाल ७.१४, बोटलर्स नेपाल ६.३२ र महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.९१ प्रतिशत कमाएका छन् ।

यस्तै रैराङ हाइड्रोका लगानीकर्ताले ५.८७, निफ्रा ४.६५ र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.४९ प्रतिशत कमाएका छन् ।

गुमाउने १० कम्पनी

नेपाल बंगलादेश बैँकका लगानीकर्ताले सर्वाधिक ६.१४ प्रतिशत गुमाएका छन् । यस्तै एआईबीएल प्रगती फण्ड ५.५०, हिमालयन उर्जा विकास ४.३५, सान्जेन जलविद्युत ४.२२, रसुवागढी हाइड्रोपकवर ४.५० र हिमालयन दोलखा हाइड्रोपावरका लगानीकर्ताले ३.५२ प्रतिशत गुमाएका छन् ।

यस्तै कालिका पावर ३.४९, रिडी हाइड्रोपावर ३.४७, राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रोमोटर ३.४३ र सारथी नेपाल लघुवित्तका लगामीकर्ताले ३.४० प्रतिशत गुमाएका छन् ।