काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले टीकापुर घटनाका अभियुक्त रेशम चौधरी लगायतको रिहाईका लागि वार्ता टोली गठन गर्ने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार रेशम चौधरी र लक्ष्मण चौधरी लगायतको मुद्दा खारेजका लागि माइतीघर मण्डलामा आयोजित विरोध सभामालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले आन्दोलनकारीका माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका हुन् । उनले सरकारले त्यसबारे छिट्टै वार्ता टोली गठन गर्ने समेत उनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


गृहमन्त्री थापाले आन्दोलन छाडेर रेशम चौधरी लगायतको रिहाईका लागि वार्ता टोली गठन गर्न समेत आन्दोलनकारीहरुलाई आग्रह गरे । ‘सरकारको तर्फबाट म यहाँ उपस्थित छु । तपाईंहरुको समस्या समाधान गर्न सरकारले अब छिट्टै वार्ता टोली गठन गर्छ । तपाईंहरुले पनि धर्ना छाडेर वार्ता टोली गठन गर्नुस् । हामी आज नै वार्ता टोली गठन गर्छौं । वार्ता र संवादबाट यसलाई हल गरौँ ।’

माइतीघर मण्डलामा थारु कल्याणकारीणी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले विरोध कार्यक्रम आयोजना गरेको छ ।

प्रतिनिधिसभा पुनर्स्थापन भएसँगै नयाँ सत्ता समिकरणको केन्द्रबिन्दुमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले रेशम चौधरी लगायतको रिहाई र मुद्दा फिर्तालाई प्रमुख अश्त्रका रुपमा प्रयोग गरिरहेको छ । आफ्नो माग सम्बोधन गर्नेलाई समर्थन गर्ने भनिरहेकाबेला प्रधानमन्त्री केपी शर्माओली समेत यसमा सकारात्मक भएका छन् ।