काठमाडौँ– कोरोना संक्रमण बढेर जाने र त्यसबाट हुने जोखिमको उच्च सम्भाव्यता भएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सम्पुर्ण विद्यालयलाई उचित स्वास्थ्य मापदण्डको पालना गर्न निर्देशन गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपालको अध्यक्षतामा बिहिवार बसेको बैठकले सो निर्देशन दिएको हो ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै सम्पुर्ण विद्यालयलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेको जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पूर्णरूपमा पालन गर्ने, शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, साबुनपानीले हात धुने, ज्वरो नाप्ने र कसैमा सङ्क्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ ।
यस्तै, कोरोनाका जोखिम पक्षलाई मध्यनजर गर्दै तत्कालका लागि भिडभाड हुने कुनै पनि किसिमका सभा, समारोह र वार्षिकोत्सव कार्यक्रमहरु नगर्न समेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।