काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो ।


ADVERTISEMENT


छलफलमा संसदमा विचाराधीन विधेयक र संसद सञ्चालन लगायतका विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यस्तै सभामुखले प्रधानमन्त्री ओलीलाई पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिएको बताइएको छ ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभा विघटनको निर्णयपछि प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच सम्बन्ध चिसिएको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै सभामुख सापकोटाले प्रधानमन्त्रीसँग भेटका लागि समय मागिरिहेका थिए ।