काठमाडौँ – साझा यातायातले विद्युतीय बस खरिद गर्न ठेक्काका लागि बोलपत्र आह्वान गरेको छ । पहिलो चरणमा ४० विद्युतीय बस खरिद गर्नेगरी साझाले बोलपत्र आह्वान गरेको हो ।


ADVERTISEMENT


सरकारले दुई वर्ष अघि ३ सय विद्युतीय बस खरिद गर्ने निर्णय गरेको थियो । २०७६ बैसाख १ गतेदेखि नै काठमाडौँ उपत्यकामा ३ सय विद्युतीय बस चलाउने भनेको सरकारले २०७६ साउन १ गते मात्र साझालाई बस खरिदको जिम्मेवारी दिएको थियो । तर बस किन्न नसकेको भन्दै सरकारले ३ महीना पनि नपुग्दै उक्त जिम्मेवारी खोसेको थियो ।


ADVERTISEMENT

# # #


सरकार आफैले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत बस खरिद गर्ने निर्णय गरेपनि डेढ वर्षसम्म बस किन्न नसकेपछि पुनः उक्त जिम्मेवारी साझालाई नै दिइएको थियो । गत माघ अन्तिम साताको मन्त्रिपरिषद्को निर्णयमार्फत पुनः बस खरिदको जिम्मेवारी साझालाई नै दिने निर्णय सरकारले गरेको थियो ।

पुनः जिम्मेवारी पाएपछि साझाले मे ९ (बैसाख २६) सम्म प्रस्ताव पेश गरिसक्नुपर्ने गरी बोलपत्र आह्वान गरेको छ ।