काठमाडौँ – तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई अलग्याउँदै एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकन माग गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुगेका छन् ।


ADVERTISEMENT


मंगलबार अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले फैसला सच्याउन माग गर्दै सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गराएका हुन् । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपाको एकतालाई अवैधानिक घोषणा गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला सुनाएको थियो ।


ADVERTISEMENT

# # #


सर्वोच्चको आदेशमा दुई पार्टीबीचको एकीकरणलाई अवैधानिक करार गर्दै एकीकरण गर्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा निवेदन दर्ता गर्न भनिएको थियो ।

सर्वोच्चको उक्त फैसलालाई माओवादी केन्द्रले अस्वीकार गर्दै आएको छ । यसअघि माओवादीले पुनरावलोकनका लागि विभिन्न कानुन व्यवसायीहरुसँग परामर्श गरेको थियो । कानुन व्यवसायीहरुले पुनरावलोकनमा जान सुझाव दिएका थिए ।

मंगलबार पुनरावलोकनको निवेदन गर्दा गराइसकेपछि प्रक्रियत्र दिँदै प्रचण्डले अदालतले निर्णय सच्याउने विश्वास व्यक्त गरेका छन् । एकताबद्ध भइसकेका दलहरूलाई विभाजित गर्नेजस्तो राजनीतिक काम अदालतले गरेकाले उक्त निर्णय सच्याउनु पर्ने बताए ।