महानगरिय प्रहरी वृत्त (जनसेवा) बिशालनगरले काठमाडौंका असन गल्लीमा सञ्चालित एक पसलमा छापा मारी ठूलो परिमाणमा पटाका बरामद गरेको छ । वृत्तका डीएसपी मोहन थापाका अनुसार बरामद गरिएको पटाकाको बजार मूल्य करिब २५ लाख रुपैयाँ बराबरको छ ।


ADVERTISEMENT


वृत्तबाट खटिएको टोलीले मंगलबार राति पटाका बरामद गरेको हो ।
बरामद गरिएको पटाका महानगरिय प्रहरी परिसर टेकुले बुधबार पानी हालेर नष्ट गरेको छ । असनमा पसल सञ्चालन गरी पटाका बिक्री गर्ने सिन्धुपाल्चोकका अमृत चौलागाईलाई पनि नियन्त्रणमा लिइएको थापाले जानकारी दिए ।
उनका अनुसार चौलागाईंका विरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइनेछ । – आजको कान्तिपुरबाट


ADVERTISEMENT

# # #