कास्की – नेपाल फाइनान्स लिमिटेडले आफ्नो छैठौँ शाखा पोखरामा पनि नयाँ शाखा विस्तार गरेको छ ।


ADVERTISEMENT


आइतवार सस्थाका अध्यक्ष शिरेन्द्रमान प्रधानले माछापुच्छ्रेस्थित भुर्जुङखोलमा नयाँ शाखाको शुभारम्भ गरे ।


ADVERTISEMENT

# # #


२०४९ मा काठमाडौँस्थित कमलादीबाट वित्तीय सेवा शुरु गरेको नेपाल फाइनान्सले ललितपुरको पुल्चोक, काभ्रेको बनेपा, रुपन्देहीको मुर्गिया र नवलपुरको गैंडाकोटबाट आफ्नो सेवा दिइरहेको थियो ।

कम्पनीले यसै आर्थिक वर्षभित्र जनकपुर र मकवानपुरमा पनि शाखा विस्तार गर्ने जानकारी दिएको छ ।