काठमाडौँ– पुनः बढ्दो प्रदूषणको कारण काठमाडौँ विश्वकै पहिलो दूषित शहर बन्न पुगेको छ ।


ADVERTISEMENT


बिहिवार साँझ भएको हल्का वर्षाका कारण काठमाडौँको केहि प्रदूषण घटेपनि बढ्दो प्रदूषणको कारण फेरि पनि काठमाडौँ विश्वकै पहिलो दूषित शहर बन्न पुगेको हो ।


ADVERTISEMENT

# # #


बढ्दो सुख्खा हिउँद, अत्याधिक डढेलो, कमजोर पश्चिमी वायु र धुलो–धुँवाको प्रदुषणको कारण काठमाडौँ लगायतको शहरी क्षेत्रमा वातावरण दूषित हुने क्रम जारी रहेको विज्ञहरुको भनाई छ ।

वातावरण विभागका अनुसार, एक्वुआई ५० सम्म हुनु वातारणको उचित अवस्था हो । त्यसपश्चात् ५० देखि १०० सम्म मोडरेट हो भने एक्वुआईको स्तर बढेर १५० सम्म पुग्दा यसले संवेदनशील समूहको स्वास्थ्यमा प्रतिकुल असर पुर्‍याउँछ । यस्तै, सो भन्दा माथि गई २०० सम्मको स्तरमा पुगेको खण्डमा सो वातावरणले सबैलाई अस्वस्थ बनाउँछ भने, एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो । ३ सयभन्दा माथि जानु घातक अवस्था हो ।

स्विट्जरल्याण्डको एक्युएआइआरको तथ्यलाई हेर्ने हो भने, हाल काठमाडौंको एयर क्वालिटी इन्डेक्स ३ सयभन्दा माथि अथवा ३ सय ३१ छ । यसकारणले पनि यो विश्वकै पहिलो प्रदूषित शहर बन्न पुगेको हो ।

यस्तै, वातावरण विभागले भने सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा रहेको जनाएको छ । धनगढी एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४२९ पुगेको छ। दोस्रो नम्बरमा चितवनको भरतपुर छ। त्यहाँको एक्युआई ३९८ छ भने तेस्रो नम्बरमा ललितपुरको भैंसेपाटीमा एक्युआई ३२५ छ।

गतसाता बढ्दो वातावरणको प्रदूषणले समग्र व्यक्तिको स्वास्थ्यमा असर पुर्‍याउने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक अवस्थाबाहेक अन्य अवस्थामा बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था आएमा मास्कको प्रयोग अनिवार्य रुपमा प्रयोग गर्न विज्ञप्तिमार्फत आग्रह गरेको थियो ।

यस्तै, विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने ५ दिनसम्म देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्न निदेशन दिएको थियो ।