काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओली संसदमा उपस्थित नभएकोप्रति प्रश्न उठेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको असफल प्रयास र सर्वोच्च अदालतद्वारा पुनर्स्थापना गरेको महिना दिन कटिसक्दा पनि प्रधानमन्त्री ओली संसदमा उपस्थित नभएको भन्दै सांसदले प्रश्न उठाएका हुन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद रंगमती शाहीले प्रधानमन्त्री ओलील बालुवाटारबाट रिमोटबाटै १६५ वटा रणनीतिक सडकको उद्घाटन गरेका प्रधानमन्त्री ओलीले नांटकी गरिरहेको बताइन् । उनले संसदले चुनेर पठाएका प्रधानमन्त्री संसदमा र सिंह दरबारमा नआउने हो भने निजी निवास बालुवाटार जाँन सुझाईन् ।


ADVERTISEMENT

# # #


‘संसदले जन्माएको प्रधानमन्त्री संसद र सिंहदरबार आउन डराउनु हुन्छ । बालुवाटार पनि सरकारकी निवास हो ।’ उनले भनिन्, ‘अब बालकोटमै गएर राज गर्दा राम्रो होला ।’

यस्तै कांग्रेसका अर्का सांसद भीमसेन दास प्रधानले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजीनामा मागेको र समर्थन दिएको दल माओवादी केन्द्रले कामचलाउन सरकार भनिसकेको अवस्थामा प्रधानमन्त्री ओलीले संसदमा आएर जवाफ दिनुपर्ने बताए ।

उनले भने, ‘संसद पुनर्स्थापना भएको ४६ दिन बितिसक्दा पनि प्रधानमन्त्रीले सम्बोधन गरेको अवस्था छैन । उहाँले छिटोभन्दा छिटो जनताको सार्वभौम संसदमा आएर जवाफ दिन आग्रह गर्छु ।’