दोलखा– राष्ट्रिय समाचार समिति (रासस)को दोखलाको कार्यालय पनि सञ्चालनमा आएको छ । नवस्थापित दोखला सम्पर्क कार्यालय आजबाट सञ्चालनमा आएको हो ।


ADVERTISEMENT


सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त कार्यालयको आज विहान अवलोकन गर्दै कार्यालय खोलेकाप्रति खुशी व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले दोलखा प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको प्रचुरता भएको जिल्ला भएकाले यस कार्यालयबाट यहाँका तमाम सामाजिक, आर्थिक, सांस्कृतिक गतिविधिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउन अहम् भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

मन्त्री गुरुङले आफ्नो हैसियतबाट राससलाई स्रोत साधन उपलब्ध गराउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै राससले समाज र मुलुकको सेवा गर्ने विश्वास व्यक्त गरेका हुन् । सो अवसरमा राससका अध्यक्ष हरिहर अधिकारी (श्यामल) र महाप्रबन्धक ओपेन्द्र शर्माले मन्त्री गुरुङलाई कार्यालयमा स्वागत गरेको थियो ।

सो अवसरमा अध्यक्ष अधिकारीले उक्त कार्यालयलाई अब स्थानीय स्वामित्वको महत्वपूर्ण निकायका रुपमा स्थापित तथा विकास गर्न रासस सक्षम हुने भनाइ राखेका छन् । यस्तै, महाप्रबन्धक शर्माले भने मन्त्रालय र भिमेश्वर नगरपालिका तथा जिल्ला समन्वय समितिको सहयोगका लागि आग्रह गरेका छन् । उक्त सम्पर्क कार्यालयको प्रमुख प्रभु जिरेल रहेका छन् । रासस