काठमाडौं । नेपालको पूर्बी भागमा भूकम्पको धक्का महसुस भएको छ ।


ADVERTISEMENT


भूकम्प मापन केन्द्रका लोकबिजय अधिकारीले हिमालय पोष्टलाई दिएको जानकारी अनुसार राती ९ बजेर ४ मिनेट जाँदा


ADVERTISEMENT

# # #


भारतको सिक्किम बिन्नागुरी केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

नेपाल भारतको पूर्बी सिमाना काँकडभिट्टाबाट १ सय ३२ किलोमिटर टाढा पर्ने भारतको पश्चिम बँगालमा गएको भूकम्पका कारण पूर्बी नेपालमा समेत ठूलै धक्का दिएको हो । भूकम्पबाट नेपालमा भने क्षतिको बिबरण नआएको जनाईएको छ ।