काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालबीच सम्झौता भएको छ । एफएनसीसीआईले एशोसिएसनका लागि लघु, घरेलु, साना तथा मझौला उद्यमका लागि वित्तीय कर्जा प्रवाह गर्ने सम्झौता गरेको हो ।


ADVERTISEMENT


सोमवार एफएनसीसीआईका उपाध्यक्ष दिनेश श्रेष्ठ र एशोसिएसनका अध्यक्ष गोविन्द ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र अञ्जन श्रेष्ठ, प्रथम उपाध्यक्ष प्रद्युम्मान पोखरेलको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


एशोसिएसनका सदस्य विकास बैंकहरूलाई लघु, घरेलु साना तथा मझौला उद्योगहरूको माग अनुसार सरल एवं सहज रूपमा कर्जा प्रवाह गर्न सहजीकरण गर्ने, व्यवसायीहरूलाई कर्जा शिक्षा, बचत र लगानीका फाइदा, कर्जा प्रक्रिया, कर तथा बजार व्यवस्थापन सम्बन्धी जानकारी दिन कार्यक्रम संचालन गर्ने, उत्पादनमुलक व्यवसाय र रोजगारी सिर्जना गर्ने व्यवसायको प्रवर्द्वनका लागि सहयोग पुग्ने किसिमका कार्यक्रम संचालन गर्ने, उपयुक्त वित्तीय सेवाहरूको छनौट र प्रयोग गर्र्न सक्ने क्षमता विकास गराउने र भविष्यमा आउन सक्ने जोखिमहरूका लागि तयारी वा योजना बनाउन सक्ने ज्ञान र सीप प्रदान गर्ने, कृषि कर्जा, महिला उद्यमी कर्जा, लघु, घरेलु, साना तथा मझौला उद्योगहरूलाई प्रवाह गरिने कर्जाहरूलाई प्राथमिकतामा राखी प्रविधि मैत्री बनाउने र त्यसका लागि उचित तालिमको व्यवस्था मिलाइने लगायतको सम्झौता भएको हो ।