काठमाडौँ – इसेवा मार्फत हवाइजहाज टिकट काट्दा शतप्रतिशत क्यासब्याक पाइने भएको छ । इसेवा मार्फत आन्तरिक तर्फको एयरलाइन्स्का कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रु यस योजनामा सहभागी हुनेछन् ।


ADVERTISEMENT


हरेक दिन तीन जनाले तीन हजारसम्मको टिकटमा शतप्रतिशत क्यासब्याक पाउनेछन् भने त्यसभन्दा माथिको टिकटमा तीनहजार रूपैयाँ छट पाउने इसेवाले जनाएको छ । कम्पनीका अनुसार यो योजना ३१ चैतसम्म सञ्चालन हुनेछ ।


ADVERTISEMENT

# # #


यस्तै ‘जाउँ है पोखरा’ अभियान अन्तरगत पोखरा जाने यात्रुहरुले एयरलाइन्स् टिकट काट्दा टिकट बुकिङ, होटल तथा रेष्टुरेन्ट तथा शाहसिक खेलहरूमा आकर्षक छुट प्राप्त गर्नेछन् । यात्रुहरुले इसेवा मार्फत टिकट काटिसकेपछि ‘जाउँ है पोखरा’ भन्ने विवरणमा क्लिक गरी यस्तो छुट पाइनेछ । होटल तथा शाहशिक खेलमा छुट प्राप्त गर्नका लागि इसेवाबाट प्रि बुकिङ गर्नुपर्नेछ अथवा हवाइ टिकट देखाउनुपर्नेछ ।

अहिले पश्चिमाञ्चल होटल संघ पोखरा र इसेवाको सहकार्यमा ‘जाउँ है पोखरा’ अभियान अन्तरगत पोखरा घुम्न जानको लागि विभिन्न प्रवद्र्धनात्मक कार्यहरु भइरहेका छन् ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख १० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख २ लाख नाघिसकेका छन् ।