काठमाडौँ– ‘मिस कोर्पोरेट नेपाल–२०२१’ प्रतियोगिता आगामी असारमा हुने भएको छ ।


ADVERTISEMENT


एक कार्यक्रमको आयोजना गर्दै  अनुजा मिडियाले आज कुनै पनि पेशामा आवद्ध भएका महिलाले आफ्नो कार्यक्षेत्र एवम् सौन्दर्यसंगै अन्य केही फरक गतिविधिबाट आफ्नो प्रतिभा प्रदर्शन गर्दै देश तथा युवावर्गलाई सशक्त एवम् प्रेरित गर्न सक्षम होस् भन्ने उद्देश्यले यस प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै मिडियाकी अध्यक्ष अनुजा आचार्यले उक्त प्रतियोगिताले कुनै न कुनै पेशामा आवद्ध भएका महिलाभित्र लुकेको क्षमता प्रस्फुटन गर्नमा मद्दत गर्ने बताइन् । उनले सौन्दर्य प्रतियोगिता ग्यामर तथा फोटोसुट मात्र नभई आफ्नो भित्री प्रतिभा प्रस्फूटन गर्ने माध्यम समेत रहेको भाव व्यक्त गरेकी छिन् ।

नेपालमा पहिलो पटक हुन लागेको यस प्रतियोगिताले कुनै पनि पेशामा आवद्ध महिला भएर पनि आफ्नो प्रतिभा प्रदर्शन गर्न नपाएका महिलाहरुलाई यस सौन्दर्य प्रतियोगिताले मद्दत गर्ने अध्यक्ष आचार्यको भनाई छ । ‘भर्खरै मात्र स्नातक गरी कार्पाेरेट क्षेत्रमा आवद्ध हुन चाहाने महिलाले पनि यस प्रतियोगितामा भाग लिन सक्नेछन्’, उनले भनिन् ।

कार्यक्रममा उपस्थित उच्च अदालतका न्यायधिश नवराज थपलियाले आजको समयमा पनि व्यवहारिक सशक्त महिला भेटिन गाहृो भएको र सो प्रतियोगिताले त्यस्ता महिलालाई अगाडि ल्याउन मद्दत गर्ने भाव प्रकट गरेका छन् ।

यस्तै, सो अवसरमा बोल्दै नविल बैंकका सभापति उपेन्द्र पौडेलले पनि विगतका दिनहरुमा बैकिंङ क्षेत्रले महिलाको समानतालाई ध्यान दिदैँ आएको र लैगिंक समानता भएको वातावरण सिर्जनाका लागि प्रत्येक बैंकिङ संस्थाले जोड दिनुपर्ने भाव व्यक्त गरे ।

आगामी वैशाख २० र २१ अडिसन राउण्डबाट शुरु हुने उक्त प्रतियोगिताबाट असार १० विजयी चुनिनेछन् । प्रतियोगिताको लागि इच्छुक एवम् योग्य १८ वर्षदेखि २८ वर्षसम्मका महिला समूहले ‘मिस कर्पाेरेट नेपाल’ को वेबसाइटमा गएर आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।