रुकुम पश्चिम – नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले आफूलाई कमजोर नआँक्न चुनौति दिएका छन् । रुकुम पश्चिममा मंगलबार ३२ औं जनआन्दोलन दिवसको सन्दर्भमा आयोजित जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई कमजोर भयो भन्ने नसोच्न चेतावनी दिएका हुन् ।


ADVERTISEMENT


केही मान्छेले अब प्रचण्ड कमजोर भइसक्यो, केही गर्ने ताकत छैन त्यसकारण संविधान, गणतन्त्र र संघीयतालाई उल्ट्याएर निरंकुशतन्त्र ल्याइदिए हुन्छ भन्ने सोचेको बताउँदै उनले छन्, ‘म ती मान्छेहरुलाई भन्न चाहन्छु, म सँग मेरो पार्टी, मेरा नेता कार्यकर्ता छन् र क्रान्तिकारी जनताको कहिल्यै नटुट्ने साथ छ ।’ उनले आफू अब थोरै समय काठमाडौँ र धेरै समय काठमाडौँ बाहिर जनताको साथमा रहे बताए ।


ADVERTISEMENT

# # #


उनले अघि थपे, ‘बाँकी अवधि जनताको काखमा गएर प्रक्रिान्तिकारीहरुलाई फेरि एक पटक चुनौति दिने आँट मसँग छ । म कुनै पनि हालतमा झुक्ने छैन ।’ उनले जनताका अघि गरिएका वाचाकबुल नभुल्ने प्रतीज्ञा गरे । प्रचण्डले आफू रुकुमका प्रत्येक स्थानीय तहमा जान चाहेको र त्यही अनुसार फेरि आउने बताए ।

जनताको ताकतबाहेक अन्य कसैले पनि प्रतिगमनलाई परास्त गर्न नसक्ने र जनता आफूहरुसँग रहेको उनले बताए । भने, ‘मैँले केही समय पहिले रोल्पा गएर म बसेको बंकरभित्र छिरेको थिएँ । तपाईहरुले हेर्नुभयो होला । बंकरबाट पोहोर साल मैँले केही सन्देश दिनुथियो, दिएँ । अहिले रोल्पाबाट जनता कहाँ छन् भन्ने कुरा प्रतिगनमन र प्रतिक्रान्तिको षड्यन्त्र गरेकाले बुझुन् ।’

आफूले  राष्ट्र र जनताको हितप्रति दायाँबाँया कहिल्यै नगरेको र नगर्ने बताउँदै उनले भने, ‘किनकी म माथि हजारौँ सहिदहरुको, कजारौँ बेपत्ताहरुको, हजारौँ घाइतेहरुको बोझ मेरो टाउकोमा छ । म दायाँबायाँ सोच्नै सक्दिनँ ।’ उनले प्रतिक्रियावादी र तिनका षड्यन्त्रका विरुद्ध आफूले अहिले एक किसिमको जनयुद्ध गरिरहेको बताए ।