नेपालगञ्ज – भारतीय सहयोगमा नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पताल स्तरोन्नति गरिएको छ । काठमाडौँस्थित भारतीय राजदूतावासका प्रशासन प्रमुख करुण वंशलले आइतवार उक्त अस्पतालको उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


भारत सरकारको ४ करोड ६६ लाख अनुदान सहयोगमा निर्मित नयाँ अस्पताल भवनमा जेनेरल वार्ड, प्राइभेट वार्ड, अपरेसन थियटर, तालिम कक्ष, चिकित्सकका लागि बस्ने क्वाटर तथा ड्रेनेज सिस्टमको सुविधा रहेको छ ।


ADVERTISEMENT

# # #


वार्षिक डेढ लाख बढीको उपचार गर्ने फत्तेबालबाट ४० प्रतिशत भारतीय नागरिकले समेत सेवा लिँदै आएका छन् ।

भारतको ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा २०७२ सालको भूकम्पले क्षति पुर्याएका नेपालका दश जिल्लामा १४७ वटा स्वास्थ्य चौकीको निर्माण भइरहेका छन् । कूल १४७ वटामध्ये २५ वटा स्वास्थ्य चौकीको ठेक्का हस्तान्तरण भइसकेको छ । स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई भारतले ८२३ वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिसकेको छ ।