पोखरा – गण्डकी प्रदेशमा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका दुई मन्त्रीले राजीनामा दिएका छन् ।


ADVERTISEMENT


बुधबार आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ समक्ष राजीनामा दिएका हुन् ।


ADVERTISEMENT

# # #


बुधबार बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएको थियो । सोही अनुसार उनीहरुले राजीनामा दिएका हुन् । २०७४ फागुन ४ देखि दुवैजना मन्त्री रहँदै आएका थिए । मन्त्री फिर्ता बोलाए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने भएको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा माओवादी केन्द्रका १२ जना सांसद रहेका छन् भने नेकपा एमालेसँग २७ सांसद रहेका छन् ।