गलकोट– उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने अभियुक्तलाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ ।


ADVERTISEMENT


बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो ।


ADVERTISEMENT

# # #


कैदसँगै वनले पीडित युवतीलाई रु. ८० हजार रकम क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

विसं २०७७ असार १७ गते ती युवतीलाई बलात्कार गरेको अरोपमा वनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत साउन ११ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

अभियुक्त वन जिल्ला अदालत बागलुङको साउन १२ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका थिए । रासस