काठमाडौँ – नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा आफ्ना ग्राहकका लागि ‘क्यास ब्याक’ अफर ल्याएको छ । दराजसँगको साझेदारीमा बैँकले उक्त अफर ल्याएको हो ।


ADVERTISEMENT


ग्राहकहरुले अब २९ गतेदेखि आगामी बैशाख ७ गतेसम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत सपिङ्ग गरी १५ प्रतिशत छुट वा अधिकतम रु १ हजार ‘क्यास ब्याक’ र क्रेडिट कार्ड मार्फत सपिङ्ग गरि २० प्रतिशत छुट वा अधिकतम रु १५ सयसम्म ‘क्यास व्याक’ प्राप्त गर्ने छन् ।


ADVERTISEMENT

# # #


उक्त अफर शुरू हुन मात्र २ दिन रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहकहरुले डेबिट र क्रेडिट कार्ड मार्फत‘क्यास ब्याक’ अफरको लाभ लिई ढुक्क हुन सक्नेछन् ।

नबिल बैंकको ११९ शाखा, १७५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्दै आएको छ ।