काठमाडौँ – दोलखाको सिँगटीमा जीप दुर्घटना हुँदा ४ जनामो मृत्यु भएको छ । गएराति १० बजेतिर सिँगटीबाट लादुक जान लागेको बा ०१–०२३ च ७५८० को जीप दुर्घटना हुँदा सिँगटीका


ADVERTISEMENT


३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चन्दिका थापाको मृत्यु भएको दोलखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) भेषराज रिजालले बताए ।


ADVERTISEMENT

# # #


दुर्घटनामा १७ जना घाइते भएकोमा १० जनालाई राति नै उपचारका लागि काठमाडौँ ल्याइएको छ ।