हेटौँडा – राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटौँडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा विभागका सूचक (हबल्दार) पदमा कार्यरत अन्दाजी ३८ वर्षीय शशिकान्त झा र सहायक सूचक (सिपाही) पदमा कार्यरत अन्दाजी ३० वर्षीय सानुकाजी चित्रकार रहेको जिल्ला प्रहरी कार्यालय बाराले आज जनाएको छ ।


ADVERTISEMENT

# # #


पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पिप्लेको बालगङ्गा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा दुवैको मृत्यु भएको हो । पथलैयाबाट निजगढतर्फ ना२७प ६३६ नंको मोटरसाइकलबाट जाने क्रममा बालगङ्गामा सो दुर्घटना भएको बताइएको छ । सूचक झाको घटनास्थलमा मृत्यु भएको छ भने सहायक सूचक चित्रकारको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस