काठमाडौँ – कुशल भुर्तेल र आशिफ शेखले नेपालका लागि कीर्तिमानी ओपिनिङ साझेदारी गरेका छन् । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज नेदरल्याण्डविरुद्धको खेलमा कुशल र आशिफले पारस खड्का र ज्ञानेन्द्र मल्लको कीर्तिमान तोडेका हुन् ।


ADVERTISEMENT


यसअघि पारस र ज्ञानेन्द्रले पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरेका थिए । कुशल र आशिफले नेदरल्याण्डविरुद्ध १२.४ ओभरमा ११६ रनको साझेदारी गर्दै उक्त कीर्तिमान आफ्नो नाममा लेखेका हुन् ।


ADVERTISEMENT

# # #


कुशल ४६ बलमा ५ छक्का र ५ चौका प्रहार गर्दै आउट भएका छन् । कीर्तिमानसँग नेदरल्याण्डविरुद्ध नेपालले ९ विकेटको जित हात पारेको छ ।